
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ४ हजार ७०४ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ सय ७४ जना र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।