४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

ओलीको श्वेच्छारीताबाट वाक्क दिक्क भईयो : नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पटक–पटकको धोका र चालबाजीले आफूहरू केपी ओलीबाट वाक्क दिक्क भएको बताएका छन् । शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताएका हुन् । नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको नेपालको आरोप छ । नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताउनुभयो । संविधानको धारा ७६ (५) मा दलीय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय