Wednesday, March 19, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्रीको रुपमा देउवा नियुक्त नभएमा फेरि पनि जालझेल हुनसक्छ

spot_img
spot_img

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेको छ ।

बहसको क्रममा अधिवक्ता योगेन्द्र अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभए प्रधानमन्त्री ओलीले फेरि अर्को जालझेल गर्ने तर्क गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई अस्वीकार गर्ने निर्णय बदर गरि उहाँलाई प्रधानमन्त्रीको शपथ गराउन भन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई विश्वासको मत छैन। मार्ग प्रशस्त गरेँ भन्ने अनि कोभिड महामारीको समयमा २१ घण्टा समय दिएर दाबी पेस गर्न भन्नु नै गलत थियो। संविधानको धारा ७६ को ५ को सरकारले मात्र विघटन गर्न पाउछ अरु धाराले पाउँदैन ।’

उहाँले अघि भन्नुभयो, ‘प्रधानमन्त्रीको रुपमा देउवा नियुक्त नभएमा फेरि पनि जालझेल हुन्छ। अदालतमै आउनुपर्ने अवस्था आउँछ। त्यसैले परामदेश जारी हुनुपर्छ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?