२ जेष्ठ २०८१, बुधबार
 |   Wed May 15 2024
Logo

देउवालाई तह लगाउन विभिन्न मोर्चाबन्दी : पौडेल, सिटौला र कोईरालाको बीचमा डेढ घण्टा छलफल



काठमाडौं : नेपाली कांग्रेसमा आगामी भदौमा हुने महाधिवेशनमा पार्टी सभापतिका लागि पुन लड्ने घोषणा गरेका देउवालाई तह लगाउन फरक फरक मोर्चाबन्दी शुरु भएको छ । कांग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच महाधिवेशनको तयारी र नेतृत्व चयनका विषयमा सोमबार छलफल भएको छ । नेताहरूबीच कोइराला निवासमा सोमवार दिउँसो डेढ घण्टा छलफल भएको छ ।

छलफलमा नेता पौडेल, सिटौला र कोइरालाले सभापति देउवालाई महाधिवेशनमा पराजित गर्न सबै मिल्नुपर्ने निष्कर्ष निकालेको कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले जानकारी दिए । कांग्रेस नेताहरू शेरबहादुर देउवा, बिमलेन्द्र निधि, डा. शशांक कोइराला सक्रिय भइरहेका बेला पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला समेत सक्रिय भएकी छन् ।

नेत्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग सोमबार छलफल गरेकी छन् । नेत्री कोइरालाले नेता पौडेल र सिटौलालाई मण्डिखाटारस्थित घरमा बोलाएकी हुन् । कांग्रेस वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले कोइरालाको निम्तोपछि लन्चका लागि नेताहरु घरमै पुगेका बताएका छन् । नेत्री कोइरालाको घरमा २ घण्टा छलफल भएको छ । नेत्रृ कोइराला कांग्रेस महाधिवेशनमा सभापति पदमा लड्ने बताइरहेकी छन् ।

कोइरालाले २०७२ सालमा पनि कांग्रेस सभापतिमा उठ्ने बताए पनि अन्तिम समयमा पछाडि हटेकी थिइन् । नेत्री कोइरालाले दुवै नेतालाई घरमै बोलाएर आफू सभापतिमा लड्ने तयारी गरिरहेको बताएकी छन् । कांग्रेसको आगामी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । देउवाविरुद्ध यसअघि नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहले समेत संयुक्त भेटवार्ता गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !