२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

जनसंख्या मन्त्रायका वरिष्ठ सहसचिव डा. रेग्मी सचिवमा बढुवाका लागि सिफारिस



काठमाडौं : लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको ५ । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव डा. रेग्मीको नाम मात्रै सिफारिस गरिएको हो ।

डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस डा. रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । अहिले देशमा कोभिड १९ महामारी र लोक सेवा आयोगको विषयम संसदीय सुनवाई नहुँदा अहिले प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयमा १० जना सचिवको पद रिक्त रहेको छ ।


प्रतिक्रिया दिनुहोस !