९ जेष्ठ २०८१, बुधबार
 |   Wed May 22 2024
Logo

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति



काठमाडौं । कोरोना सङ्क्रमणको उच्च जोखिम भएकाले कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सीसीएमसीले साउन ९ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यका बाहिर र भित्रका केन्द्रमा प्रवेश परीक्षा सञ्चालनको लागि अनुमति दिएको छ । प्रवेश परीक्षासम्बन्धी थप निर्णय आज बैठक बसेर सार्वजनिक गर्ने तयारी भइरहेको छ । कोरोना महामारीको जोखिमका कारण चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन हुन नसक्दा २५ हजारभन्दा बढी विद्यार्थी प्रभावित छन् ।


प्रतिक्रिया दिनुहोस !