१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

फ्रन्टलाइनरको सम्मानमा बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस



काठमाडौं : महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मानमा बनाएका चित्र नगर्न आग्रह गरेको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौको पर्खालमा निर्माण गरिएका चित्र युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिएपछि कांग्रेसले त्यको भत्र्सना गरेको छ । कांग्रेले चित्र नष्ट गर्ने कामलाई कला र कलाकारको समेत अपमान भएको बताएको छ ।

लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !