१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

राप्रपामा पहिरो, केन्द्रीय सदस्य लामासहित ५७८ जना कांग्रेसमा प्रवेश



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय एक केन्द्रीय सदस्य सहित धादिङमा ५ सय ७८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्य श्याम लामासहित अन्य कार्यकर्ताहरु बिहीबार पार्टी परित्याग गरि औपचारिक रुपामा नेपाली काँग्रेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा स्वागत गरेका थिए ।

देउवा निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य श्याम लामा, धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी लगायत ४१ जना उपस्थित भएका थिए । त्यस्तैगरी अन्य नेता कार्यकर्ताहरुको लागि धादिङमै पार्टी प्रवेश कार्यृक्रमको आयोजना गरिएको थियो । नव पार्टी प्रवेशीहरुलाई सभापति देउवा, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिल थापाले स्वागत गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !