१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने तयारी



काठमाडौं । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी निषेधाज्ञा अधिकांश जिल्लामा केहि खुकुलो पारिदै लागिएको छ । काठमाडौं उपत्यकामा पनि खुकुलो बनाएर जनजीवन विस्तारै चलायमान बनाइएको छ ।

संक्रमण कम नभएको र अझै पनि जोखिम उस्तै भएकाले उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

यस विषयमा छलफल गरेर निर्णय लिन आज (आइतबार) दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने छ । केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको बताइएको छ । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भैनसकेको उहाको भनाइ छ ।

अहिले चल्न दिइएका २५ भन्दा बढी सिट भएका सार्वजनिक यातायातको जोरबिजोर प्रणाली संचालन गर्न दिने संभावना रहेको छ ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । पसलहरु पनि खोल्न दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।


प्रतिक्रिया दिनुहोस !