१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ओलीसँग कि वार कि पारको निर्णायक वार्ता गर्न बालुवाटार पुगे भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका छन् । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो । एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो तहका नेता सक्रिय छन् ।

स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिएका थिए । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको हो । अन्य नेताहरुले पहल गर्दा नेपालले प्रधानमन्त्री ओलीसँग भेट्नसमेत अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !