१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बुर्लाकोटी र तिवारी सचिवमा बढुवा,कहाँ गरियो पदस्थापन ?



काठमाडै । सरकारले दुई जना सह सचिवको बढुवा गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा सँगै उनीहरुको पदस्थापन पनि गरेको हो । प्रशासन सेवा र इञ्जिनियरिङ सेवाका एक एक जना सह सचिवलाई बढुवा गरेर उनीहरुको पदस्थापन भएको हो । बढुवा भएका सहसचिवमा मधुसुदन बुर्लाकोटी र सुशीलचन्द्र तिवारी छन् । बुर्लाकोटी प्रशासनतर्फका तथा तिवारी इन्जिनियरीङ सेवाका हुन् । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव थिए ।

बढुवा भएका मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ । त्यस्तै तीन सचिवको सरुवा समेत भएको छ । सचिवहरु तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि हेर्ने गरी आचार्यको सरुवा भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय