१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

संक्रमणको जोखिम कायमै रहेकाले पशुपति मन्दिर तत्काल नखुल्ने



काठमाडौं । कोरोना संक्रमण सनयन्त्रण र रोकथामका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएको छ। नेपालमा पुनः नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि कोषले वैशाख पहिलो सातादेखि मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो।

वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा अझै कायमै छ। संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल मन्दिर नखोल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो।

‘सरकारले खोल्ने कुनै तयारी देखाएको छैन। हाम्रो पनि तयारी छैन, ।’ उहाँले भन्नुभययो । साउनभित्र पनि मन्दिर खुल्छ वा खुल्दैन भनी केही भन्न नसकिने उहाँको भनाइ छ ।

साउन महिना भगवान शिवको प्रिय मानिन्छ। त्यसैले साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय