१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

विश्वका १६० देशका नेताहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए प्रशिक्षण



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई बेइजिङबाट सम्बोधन गर्दै उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरे । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए । हरियो विकासमा समेत डटेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

मानवीय मूल्यमा सहमति प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ’ उनले भने, ‘शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्छ ।’ चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको समेत उनले बताए । चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गरे । भर्चुअल बैठकमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागि छन् ।


प्रतिक्रिया दिनुहोस !