१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पार्टी एकताका लागि गठन भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ ।

यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए ।

आजको बैठकमा पनि यसै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय भएको हो ।

कार्यदलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा र नेपाल पक्षका नेताहरु रहेका छन् । अध्यक्ष ओली तर्फ स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र नेता नेपालतर्फ उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदल गठन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !