१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश



राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गर्नुभयो ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !