१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीको गृहनगर दमकको रंगशाला निर्माणका लागि प्रतिस्पर्धाविनै ठेक्का



काठमाडौं । झापाको दमक नगरपालिका–३ मा बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि विवादकै बीच ठेक्का लाग्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले गत वैशाख १९ गते आह्वान गरेको ठेक्कामा प्रतिस्पर्धा हुन नदिई सेटिङ गरिएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।

प्रतिस्पर्धा सीमित गर्न एउटा मात्रै कम्पनीको योग्यता मिल्ने गरी बोलपत्र आह्वान भएको भन्दै अख्तियार दुरुपयोग अनसनधान आयोग, महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी पुगेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा बन्न लागेको रंगशालाको ठेक्काका बारेमा उठेका विवादास्पद सवालको हल नगरी परिषद्ले ठेक्का लगाउन लागेको हो ।

बुधबार परिषद्ले सूचना निकाल्दै ‘एल्कर–ग्रेट स्पोर्टस टेक एममए कन्स्ट्रक्सन जेभी’लाई ठेक्का दिन लागेको जानकारी दिएको छ । आशयपत्र (लेटर अफ इन्टेन्ट) मा उल्लेख भए अनुसार ४ अर्ब ३३ करोड ५८ लाख ६५ हजार ९२२ रुपैयाँमा रंगशालाको ठेक्का लगाउन लागिएको छ । पोखरा रंगशाला निर्माण गरिरहेको यो कम्पनीलाई झापामा रंगशाला बनाउन अनुमानित लागत मूल्यमै ठेक्का दिने गरी बोलपत्र आह्वान गरिएको भन्दै व्यवसायी विरोधमा थिए ।- अनलाइनखबर


प्रतिक्रिया दिनुहोस !