२ जेष्ठ २०८१, बुधबार
 |   Wed May 15 2024
Logo

कांग्रेसमा देउवासहित ६ जनाको सभापतिमा उम्मेदवारी दिने तयारी, पौडेल गुटका मात्रै ३ जना



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टी सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, अहिलेसम्म कसैले पनि स्पष्ट समीकरण बनाउन सकेका छैनन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गरी जम्माजम्मी तीन जना सभापतिका उम्मेदवार रहेकामा अहिले त्यो संख्या बढेर ६ जना पुग्न सक्ने देखिएको छ । तीन गुटका तीन नेताले आ–आफ्नो गुटको विश्वास जित्न नसकेपछि अहिले अध्यक्ष हुन खोज्नेको संख्या दोब्बर भन्दा बढी भएको छ ।

सभापति देउवाले फेरि पार्टी सभापति बन्न खोजेका छन् । उनले बेलाबेलामा आफूनिकट नेता तथा कार्यकर्ताको भेलासमेत राख्दै आएका छन् । पार्टीलाई फेरि पुरानो स्थितिमा पु¥याउने देउवाको नारा छ । तर, देउवा समूहबाट विद्रोह गर्दै उपसभापति विमलेन्द्र निधि पनि पार्टी सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । १३ औं महाधिवेशनमा सभापति हारेर घाइते भएको भन्दै वरिष्ठ नेता पौडेलले पनि सभापतिमा उठ्ने तयारी थालिसकेका छन् ।

पौडेल समूहबाटै महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले पछिल्लो समय नेतृत्व लिन कम्मर कसेर लागेका छन् । उता कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको सभापति पदको उम्मेदवारीको विषय पनि चर्चामा नै छ । आफूले एकपटकको लागि मात्र सभापति बन्ने प्रतिबद्धता गर्दै उहाँले दोस्रोपटक अरुले उम्मेदवारी दिन आग्रह गरे पनि नदिने बताईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय