५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सूर्यविनायकको जंगलमा मन्त्रालयको गाडी भित्र यौन सम्पर्क गर्ने ३ जना पक्राउ



काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३.०१.००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !