१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मोरङमा घरायसी विवादमा भाइले गरे आफ्नै दाइको हत्या



मोरङ- आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ । त्यसकै केही समयपछि राति साढे ११ बजे ने साजनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !