१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेकपा एमाले मिलेको घोषणा आइतवार हुने, भोलि सुखद समाचार दिन्छौं : गोकर्ण विष्ट



नेकपा एमाले मिलेको घोषणा आइतवार हुने भएको छ । शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतवार सुखद समाचार आउने बताए ।

उनले भने : हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भनिएको छ । त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने उनले बताए । वार्ताअघि माधव नेपाल पक्षधर वार्ता टोली सदस्यहरु उनलाई भेट्न कोटेश्वर पुगेका थिए ।

वार्ता टोली पुग्नुअघि नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड पुगेका थिए । विष्टले भने माधव नेपाल अश्वस्थ भएकाले प्रचण्ड भेट्न गएको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !