८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छौं : टोपबहादुर रायमाझी



फाइल फोटो

काठमाडौँ – नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र खारेजीको मागसहित दर्ता भएको निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभएको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रायमाझीले आफूहरुको निवेदन खारेज गर्ने आयोगको निर्णय पूर्वाग्रही भएकाले त्यसविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो ।

‘निर्वाचन आयोगको निर्णय पूर्वाग्रही छ । यो निर्णय कानुनसम्मत पनि छैन,’ रायमाझीले भन्नुभयो, ‘निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च जान्छौं । सर्वोच्च अदालतमा छिट्टै मुद्दा दर्ता हुन्छ।’ नेता रायमाझीले निर्वाचन आयोगसँगै माओवादी केन्द्रलाई पनि विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गर्ने पनि बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !