१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नियम विपरित ३४ जना एमाले कार्यकर्ता भर्ति गरेका दार्चुला हुलाक प्रमुखको कार्यकक्षमा तालाबन्दी



दार्चुला : दार्चुला हुलाक कार्यालयका प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ । नेपाली काँगेसको भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ र महिला संघले निमित्त हुलाक अधिकृत पदम राज जोशीको कार्यकक्षमा ताला लगाएको हो । असार ४ गते जिल्ला हुलाक कार्यालयका प्रमुख पदमराज जोशीले सूचना प्रकाशित नगरी अवैधानिक तरिकाबाट ३४ जना कर्मचारी नियुक्ती गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरिएको जनाइएको छ ।

सोमबार विहान १० बजे हुलाक कार्यालय पुगेका नेता तथा कार्यकर्ताहरुले निमित्त हुलाक अधिकृत जोशीको कार्यकक्षमा ताला लगाएका हुन् । यसअघि भातृ संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउनुका साथै विरोध ¥याली समेत निकालेका थिए ।

ताला लगाइएको १० मिनेट पछि कार्यकक्षको ताला तोडिएको छ । ताला तोडिएपछि आक्रोसित बनेका भातृसंगठनका नेता कार्यकर्ताहरुले थप संघर्षका कार्यक्रम गर्ने जनाएका छन् । हुलाक कर्मचारी भर्ना सम्बन्धी मुद्धा अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !