
काठमाडौं । विश्वासको मत नलिएसम्म नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
सर्वोच्च अदाललेको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
सोमबार सर्वोच्च अदालतले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको शपथ गराउन आदेश दिएको थियो ।