२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओलीलाई बालुवाटारबाट २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोट पुर्याइने



काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरन लाग्नु भएको हो । ओली आज बिहान ११ बजे बाहिरिने बताइएको छ । ओलीलाई एमालेको युवा सदस्ता युथफोर्सको स्कर्टिङमा नीजि निवास बालकोट पुर्याउने तयारी गरिएको छ ।

दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याइने एमालेका युवा नेता महेश बस्नेतले दावी गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको थियो। देउवा र देउवा सरकारका चार मन्त्रीले समेत सपथग्रहण गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !