१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ठूलो संख्यामा विज्ञापन गर्दै कर्णाली प्रदेश लोक सेवा आयोग



काठमाडौं : गत फागुनमा गठन भएको कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । आयोगले प्रदेश निजामती सेवा, प्रहरी सेवा, प्रदेशसभा सेवा, अन्य प्रदेश सरकारी सेवा र प्रदेश संगठित संस्थामा कर्मचारी नियुक्तिको काम गर्ने जिम्मेवारी पाएको आयोग जति सक्दो चाँडो कर्णाली प्रदेशमा विज्ञापन खुलाउने तयारीमा जुटेको हो । हाल प्रदेशमा कर्मचारीको आवश्यकयता अत्याधिक संख्यामा छ । त्यसैले पनि सुर्खेतमा रहेको कार्यालयले ढिला नगरी विज्ञापन खुलाउने तयारी गरिरहेको बुझिएको छ ।

आयोगका अध्यक्ष राम प्रसाद उपाध्यायले कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण विकासका काम प्रभावकारी भएको बताउँदै विज्ञापन गर्न आयोगले नियमावली र कार्यविधि निर्माण गरिरहेको बताए । सम्भवत दशैंअघि र सम्भव नभए दशैंपछि विज्ञापन गर्ने आयोगको तयारी छ । आयोग स्रोतका अनुसार कर्णाली प्रदेशमा अब खुल्ने विज्ञापनमा ठूलो संख्यामा जनशक्ति माग गरिनेछ । विज्ञापन खुल्दा विभिन्न सेवा सँगै इन्जिनियरिङ सेवातर्फ प्राविधिकहरुको पनि ठूलो संख्यामा माग आउने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !