१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

लाजसरम नभएका माधवलाई पार्टीमा ठाउँ छैन : ओली



काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका छन् । विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए । प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे ।

‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं’, बालकोटको बाल्कोनीबाट उनले भने, ‘तर माधव नेपालको हकमा आत्मआलोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।’ अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय