४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नेपाल र विप्लवको बीचमा भेटवार्ता



काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसअघि बुधबार मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !