२ जेष्ठ २०८१, बुधबार
 |   Wed May 15 2024
Logo

कांग्रेस भित्रका रहस्यमयी पात्र गगन थापा, सिटौला गुट छाडेर देउवा गुटमा आउने तयारी



काठमाडौं : विगत एक दशकदेखि नेपालको राजनीतिमा सँधै चर्चामा आइरहने पात्र हुन्, गगन थापा । तर उनी सँधै बिबादमा तानिन्छन्। कांग्रेस राजनीतिभित्र उनको प्रभावको चर्चा जति हुन्छ त्यसअनुसार पित पक्षचाहिँ चर्चामा आउने गरेको छैन। नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थापाको चरित्र नै सरकारमा, सत्तामा बस्ने र पार्टीको संस्थापन पक्षको बिरोध, टिप्पणी, आलोचना गर्नु नै हो। ४५ वर्ष उमेर भएका गगन पार्टीको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री त के मौका परे पार्टी सभापतिमै उठ्ने हुँकार गरिरहन्छन्। वाकपटुता, वाककला र वाकचातुर्यताका कारण स्रोता र दर्शकमाझ रुचाइएका गगनको भित्री कथा भने रहस्यमय छ। उनले चर्चा कमाउने कुनै कर्म गरेर भन्दा पनि बोलेर नै हो। उनको बोलीमा बिग्रह, बिद्रोह, आलोचना र बिरोध सिवाय केही छैन।

२०५१ सालमा काठमाडौंको क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराई उम्मेदवार हुँदा त्रिचन्द्र क्याम्पसका नेवि संघ नेता लडाकु स्वभावका किशोरसिंह राठौरकै पछि लागेर गगन पनि जुलुस सभामा कुद्थे। जुन उपनिर्वाचनमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भइन्। हो, त्यहीँबाट उनले कांग्रेसको राजनीतिमा श्रीगणेश गरेको। त्रिचन्द्र कलेजमा आईएसी पढ्दै गरेका थापा सरकारी कर्मचारी महेन्द्रकमाुर थापाका छोरा हुन्। किशोरसिंह राठौरकै सिफारिसमा नेपाल विद्यार्थी संघको स्ववियु सदस्यमा गगन २०५१ मा निर्वाचित भए। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध किशोरसिंह राठौरले राजधानीमा गर्ने हरेक जसो जुलुसमा गगन चर्को स्वरले नारा लगाउँदथे। २०५३ सालको स्ववियु निर्वाचनमा गगनले हरि आचार्यको साथ लागेर विद्रोही नेविसंघको प्यानल बनाउँदै आफू सचिवको उम्मेदवार भएर सचिव जिते। त्यसपछि उनी नेपाल विद्यार्थी संघ काठमाडौंको अध्यक्ष भए।

२०५७ सालमा फेरि गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसको संस्थापन पक्षमा लागेर विश्वप्रकाश शर्मा नेतृत्वको नेविसंघबाट मध्यमाञ्चल उपाध्यक्षमा बिजयी भए। २०५९ मा गुरुराज घिमिरे अध्यक्ष भएको नेविसंघको महामन्त्री भएका गगनले आफू नेतृत्वको नेवि संघ मध्यमाञ्चल समितिका अधिकांश विद्यार्थीलाई भने ल्याउन सकेनन्। उनका धेरै सारथीहरु देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस निकटको नेविसंघमा गएका थिए। गगनलाई फगत साथ दिने विद्यार्थीहरु प्रदीप पौडेल, कुन्दन काफ्ले, सुरज काफ्ले लगायतका मात्र बाँकी रहे।

२०५९ साल असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी लोकेन्द्रबहादुर चन्दको नेृतृत्वमा सरकार बनेपछि सडक आन्दोलनमा उग्र नारा लगाउने र सार्वजनिक सवारीमाथि ढुंगामुडा गर्नेमा गगन चर्चित थिए। त्रिचन्द्र अघि कुद्ने सरकारी गाडीमा अगो लगाउन होस वा पद्मकन्या क्याम्पस र छात्रावासलाई सेल्टर बनाएर प्रहरीमाथि ढुंंगामुडा गर्नमा गगन अगाडी हुन्थे।

पार्टीको नीति विपरित तत्कालिन राजसंस्थाबिरुद्ध नारा लगाउने, गणतन्त्रको पक्षमा जुलुस र कोणसभा गर्ने र उत्ताउला प्रबृत्ति देखाएपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई धेरै पटक सम्झाएका थिए। तर पटक पटक सम्झाउँदा समेत नमानेपछि उनलाई नेविसंघबाट हटाउनु भन्दा गुरुराज घिमिरे नेतृत्वको नेवि संघलाई नै कोइरालाले विघटन गर्नु परेको थियो।

२०७० र २०७४ सालमा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित सांसद थापा २०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस बेला उनलाई तत्कालिन सभापति सुशील कोइरालाको प्यानलमा पारिएको थियो। जब करिव ३३ सयले मतदान गर्दा गगनले २५ सय मत ल्याउनु चानचुने कुरा थिएन। तर २०७२ सालको पार्टीको १३ औं महाधिवेशनमा भने थापा कृष्णप्रसाद सिटौलाको बिद्रोही प्यानलबाट महामन्त्रीको उम्मेदवार बने। तर उनले यो पटक ५ सय भन्दा बढी भोट ल्याउन सकेनन् ।

अस्थिर प्रयोगवादी नीतिमा सफल गगन

गगन थापाको राजनीतिक विशेषता नै सदाबहार अस्थिरता हो। उनी राजनीतिमा एकपछि अर्को गर्दै आफ्नालाई साथ छाड्दै छाड्दै शक्ति केन्द्रको पछि कहिले दृष्य त कहिले अदृष्य रुपमा प्रस्तुत हुन्छन्। गगनलाई पार्टीको उपाध्यक्ष बनाउन नेविसंघका प्रखर युवा नेता विश्वप्रकाश शर्माको ठूलो भूमिका छ। शर्माको प्यानलमा परेर नै उनले २०५७ सालमा नेवि संघको उपाध्यक्ष बन्न सफल भए। तर २०७५ मा पार्टी प्रवक्तामा सभापति शेरबहादर देउवाले नियुक्त गर्न खोज्दा गगनले भाँजो हाले र आफूलाई नियुक्त गर्न दबाब दिए। त्रिचन्द्र कलेजमा नेविसंघको विद्रोही प्यानल बनाई सचिवमा समावेस गर्न हरि आचार्यलाई गगनले कहिल्यै साथ लिएनन्। उनलाई नेविसंघको त्रिचन्द्र स्ववियु सदस्य बनाउन भूमिका खेल्ने किशोरसिंह राठौरको नाम त गगन लिन पनि चाहन्नन्।

त्यस्तै, नेविसंघको महामन्त्रीमा नियुक्त गर्ने तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको उनी बिरोधी भएर निस्किए। त्यसै ताका बिराटनगर पुगेका गिरिजाप्रसाद कोइरालाले गगनको बारेमा टिप्पणी गर्न बाध्य भए,‘गगन दरबारद्वारा संचालित हो।’ त्यति मात्र होइन, उनलाई महामन्त्री बनाउन र साथ दिन योगदान दिएका गुरुराज घिमिरेलाई उनी साथ लिन चाहँदैनन्। गगनले २०५९ ताका निरंकुश राजतन्त्रको बिरोध र गणतन्त्रको पक्षमा नारा लगाउँदै गर्दा हरेक साँझ बिहान सुझाव सल्लाह र सन्देश लिने नरहरि आचार्यलाई गगनले बिर्सिएका छन्।

यहाँसम्मकी आफूलाई स्वास्थ्य मन्त्री बनाइएमा पार्टीको १४औं महाधिवेशनमा सिटौला समूहलाई छोडेर देउवा गुटमा प्रवेश गर्नेसम्मको सूचना पठाएको बताइन्छ २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेका भेमसेनदास प्रधानलाई ‘हामी सबैका गुरु, बौद्धिक व्यक्तित्व, निश्कलंक छवि र स्पष्ट दृष्टिकोण बोकेका’ले उनलाई नजिताएमा काठमाडौं ५ का जनताले पछुताउनु सिवाय केही हुन्न भनेर भाषण गर्ने गगनले उनै गुरु प्रधानलाई रक्षा मन्त्री बन्न सभापति शेरबहादुर देउवाले २०७४ मा आमन्त्रण गर्दा बाटो छेकेका थिए। त्यति मात्र होइन, गगनले आफ्नो गुटको नेतृत्व गरिरहेका कृष्ण प्रसाद सिटौलालाई समेत भिमसेनदास प्रधानको भन्दा काम गर्ने क्षमता आफ्नो छ भन्दै पुनः मन्त्रीको लागि सिफारिस गर्दिन दबाब दिए। तर, गगनको दबाब सिटौला र देउवा दुवैले सुनेनन्।

काठमाडौं क्षेत्र नं ४ का स्थायी वासिन्दा गगनले २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित महिला बौद्धिक नेतृ सुप्रभा घिमिरेलाई २०७० को निर्वाचनमा टिकट दिनबाट बञ्चित गरे। पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै गगनले आफूलाई स्वास्थ्य मन्त्री बनाउनु पर्यो भन्दै आमसंचार माध्यममा समाचार लेखाउन थालेका छन्। यहाँसम्मकी आफूलाई स्वास्थ्य मन्त्री बनाइएमा पार्टीको १४औं महाधिवेशनमा सिटौला समूहलाई छोडेर देउवा गुटमा प्रवेश गर्नेसम्मको सूचना पठाएको बताइन्छ। पार्टीको महाधिवेशनमा महामन्त्रीको लागि देउवा समूहले आफूलाई राखेमा स्वीकार गर्ने भन्दै गगन यतिबेला सिटौलालाई धोका दिने तयारीमा छन्।

प्रधानमन्त्री देउवाले सिटौला प्यानलबाट बाराबाट निर्वाचित सांसद उमाकान्त चौधरीलाई मन्त्री बनाउन खोजेका छन् तर उनले विभिन्न अनलाईन पोर्टलहरु कतिपय फेक आईडीबाट फेसवुक ग्रुप० मा ‘गगन थापलाई देउवाले स्वास्थ्य मन्त्री बनाई सके, सपथ खान मात्र बाँकी’ भन्ने जस्ता कपोलकल्पित, भ्रामक, असत्य, झुट र मनगढन्ते सन्देश प्रवाह भइरहेको बताइन्छ।

थापाले त्यस्ता अनर्गल चर्चा र हल्ला रोक्नको लागि एउटा ट्विट गर्न समेत फुर्सद पाएका छैनन्। बरु आफू निकटका पत्रकारहरुसँग चिया गफमा यसले सभापति देउवालाई दबाब पुग्ने भन्दै मख्ख पर्न थालेका छन्। यो पटक पनि सिटौला समूहले कसलाई पठाउने भनेर औपचारिक निर्णय त गरेको छैन तर सिटौला समूहमा थापा र प्रधानले मन्त्री पद पाइसकेकाले अब चौधरीलाई दिने पक्का छ। सिटौला समूहका युवा नेता प्रदी पौडेल र शिवप्रसाद हुमागाईं सांसद छैनन्। कुमार श्रेष्ठ उर्फ घैंटे प्रहरीको इन्काउन्टरमा परी मारिँदा गगन एक हुल पार्टी कार्यकर्ता र नेता लिएर मानवअधिकारको उल्लंघन भयो भन्दै राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए। व्यक्तिगत चरित्र र आचरणको हिसावले पनि गगन बिबादस्पद पात्र हुन्। उनलाई प्युठानतिरकी एक कांग्रेसी महिलासँगको अनुचित सम्वन्धदेखि लिएर एक नेताकी सहयोगीदेखि अर्को एक कांग्रेसी नेताको छोरीसँगको सम्वन्धलाई लिएर पनि नेविसंघ भित्र चर्चा हुने गरेको थियो। राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैन भनेर खुलेआम भन्दै हिँड्ने गगनले सहकारीको नाममा शुरु गरेको बोका पालनको प्रसंग र चर्चा पनि बेला–बेला हुने गरेको छ।

राजधानीका एकसे एक डनसँग गगनको अन्तरंक सम्वन्धले पनि बेला बेला चर्चा पाउने गरेको छ। गगनले परिचालन गर्ने जनशक्ति र स्रोतको अवस्था हेर्दा कतिपयले गगनको अदृष्य आम्दानी रहेको समेत आंकलन गर्ने गरेका छन्। यस पटक भदौ १६–१९ मा हुने पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री उठ्ने र कुनै हालतमा जित्ने भन्दै गगन कहिले सिटौलालाई धोका नदिने भन्दै हिँडेका छन् भने डा। शेखर कोइरालाले ‘मेरो टिमको महामन्त्री गगन’ भनिदिँदा त्यतै मख्ख परेका छन्। उनले आफूलाई साथ र सहयोग गरे सिटौला नेतृत्वको समूह त्याग गर्ने भन्दै प्रकाशमान सिंहसँग प्रस्ताव गरेका छन् भने सभापति देउवासमक्ष सन्देश पठाइ सकेका छन्। तर, गगनको बहुमुखि र बहुरुपी चरित्र र व्यवहारबाट कांग्रेसका सबैजसो नेता त्रसित बन्न थालेका छन्।

संसदीय निर्वाचनदेखि पार्टी निर्वाचनको बेला समेत सभापति देउवाबाट आर्थिक सहयोग प्राप्त गर्दै आएका गगनले व्यापारिक घरनाबाट समेत निर्वाचन वा पार्टी महाधिवेशनमा मनग्गे रकम संकलन गर्ने गरेका छन्। उनको आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी भने उनका भाई हेमु थापाले हेर्ने गरेका छन्। गगन पार्टीको महामन्त्री उठेमा सिटौला, शेखर, सिंह वा देउवा जसले समर्थन गरे पनि दोश्रो पुस्ताका नेताहरु अर्जुननरसिंह केसीलाई छाडेर अधिकांश केन्द्रीय सदस्य गगन हराउ अभियानमा लागेका छन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६ ७७ मा अर्थतन्त्र १.९९ प्रतिशतले ऋणात्मक रहेको थियो । सरकारले भने आर्थिक वृद्धि २.२७ प्रतिशत रहने दावी गरेको थियो । त्यसपछि योजना आयोगले कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै शून्य दशमलव ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर रहने दाबी गरेको थियो । आयोगको उक्त अनुमानसँगै कोरोनाले ४ प्रतिशत गरिबी बढेको अर्थात नेपालमा थप १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएको तथ्यांकले देखाईसकेको छ ।


प्रतिक्रिया दिनुहोस !