१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुप्रीम खबर समाचार प्रभाव : हुलाकमा राखिएका ३४ एमालेका कार्यकर्ताको नियुक्ति बदर



दार्चुला : दार्चुलाको हुलाक कार्यालयमा बिना प्रतिस्पर्धा भर्ती गरिएका एमालेका कार्यकर्ताको नियुक्ति बदर गरिएको छ । यही असार २, ३ गते रातीको समयको मौका छोपी विज्ञापन र सुचना लुकाएर ३४ जना एमालेका कार्यकर्तालाई नियुक्ति गरेपछि त्यसको सुप्रीम खबरले समाचार प्रकाशित गरेको थियो । नियुक्त भएका ८ जना हल्कारा र २६ जना हुलाकी गरि जम्मा ३४ जना नबनियुक्त कर्मचारीहरुको नाम ठेगाना प्रकाशित गरिएको थियो ।

एमालेका ३४ जना कार्यकर्तालाई एकतर्फी रुपमा भर्ती गरिएपछि कांग्रेसको भातृ संगठन तरुण दलले आन्दोन गरेको थियो । हुलाक जस्तो राज्यको सूचना प्रवाह गर्ने सस्थालाई राजनीति गरेर आफ्नो राजनीतिक रङ्ग दिएको नेपाली काङ्ग्रेस दार्चुलाका नेता तथा तरुणदल दार्चुलाका पुर्वअध्यक्ष उमेशसिंह खत्रीलगायतको टोलीले निरन्तर विरोध गर्दै आएको थियो । ३४ जना नियुक्त गरि जिल्ला हुलाक कार्यालय दार्चुला प्रमुखको कार्यालय छोडी फरार भएको खत्रीले आरोप लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !