६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

देउवाविरुद्ध गठबन्धन बनाउन तीन कोईरालाको लञ्च मिटिङ



काठमाडौं । १४ औं महाधिवेसनमा साँझा उम्मेद्वार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका छन् । महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइराला बीच अहिले छलफल भइरहेको छ । शेखर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको हो । यस्तै कृयाशिल सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितीमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भइरहेको छ । आसन्न महाधिवेशनमा कोइराला परिवारका तीनै नेताहरुले सभापतिमा उम्मेद्वार बन्ने बताइसकेका छन् । नेत्री सुजाता कोइरालाले सहमति बन्ने अवस्था आए आफू पछि हट्ने भने पनि शशांक र शेखर जुनसुकै अवस्थामा महाधिवेशन लड्ने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !