२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

आज एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक, सहभागी नहुने नेपाल पक्षको अडान



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । यस्तै आजै दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक पनि बस्दैछ । बैठकमा खनाल–नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । तर खनाल–नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।

खनाल–नेपाल पक्ष भने सहमतिवेगर बोलाइएको बैठकमा सहभागी नहुने अडान दोहोर्याएको छ । आजको बैठकमा पनि नेपाल पक्षको सहभागिता नरहेको नेता रघुजी पन्तले बताउनुभयो । सहमति नभए कुनै बैठकमा नजाने उहाँले प्रष्ट पार्नुभयो । यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । सोही दिन संसदीय दलको बैठक पनि बसेको थियो ।


प्रतिक्रिया दिनुहोस !