१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

नेपाल पक्षका ८ सांसदले मत नदिए प्रधानमन्त्री देउवाले विश्वासको मत गुमाउने



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको छन् । अहिले प्रतिनिधिसभामा २७१ जना सांसद संख्या रहेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मतका लागि १३६ मत आवश्यक पर्छ । कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल प्रतिनिधिसभामा २७१ जना सांसद रहेको छन्। नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार निलम्बित छन्। त्यस्तै मोहम्मद अफताफ आलम जेलमा छन्। नेकपा माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। विगतमा ५३ सांसद भए पनि लेखराज भट्ट र टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद छैनन्। त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। तर स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीनिकट छन्। उनले पनि देउवालाई मत दिन सक्नेछन्।

जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्। जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्। त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । यसअघि माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय