२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओलीलाई माओवादी आन्दोलन केही होईन भनेर नसोच्न प्रचण्डको चेतावनी



काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबारे एमालेका सांसद प्रदीप ज्ञवालीले गरेको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत दिने क्रममा प्रचण्डले नेता ज्ञावलीलाई सम्बोधन गर्दै शान्ति सम्झौता गर्नु गलत थियो भन्ने आशय ब्यक्त गर्नु दुखद् भएको बताए ।

प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीले संसद् बैठकलाई सम्बोधन नगरेकोमा पनि असन्तुष्टि व्यक्त गरे। प्रचण्डले केपी ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न पनि आग्रह गरे । माओवादी आन्दोलनलाई केही होइन भनेर नसोच्न पनि ओलीलाई प्रचण्डले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !