१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

माधव नेपाल कम्युनिस्ट आन्दोलनको गद्दार हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेता नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन् । सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा ओलीले नेपाललाई गद्दारको संज्ञा दिएका हुन् । शेरबहादुर देउवाको पक्षका विश्वासको मत दिनु असाधारण र चरम अनैतिक भएको उनेको भनाई छ ।

‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो । यो हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो ओलीले भने । आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप छ । उनले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गरे । ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो, कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ ओलीले भने ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय