
काठमाडौं । सरकारले नेपालाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।
सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरेको हो ।