७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादीबाट सरकारमा जानेहरुको टुङ्गो लगाउन स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत सरकारमा सहभागि हुने नेताबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउने माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !