२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्यालको बुधबारदेखि अनिवार्य अवकाश



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरीप्रसाद बस्यालले बुधबारबाट अनिवार्य अवकाश पाएका छन् । सचिवको जिम्मेवारीमा रहेका बस्यालले नेपालको सरकारको बिशिष्ठ श्रेणीबाट अनिवार्य अवकाश पाएका हुन् ।

बुधबारदेखि अनिवार्य अवकाश पाए पनि मन्त्रालयबाट उनी औपचारिक रुपमा बिदाई भएका छैनन् । बुधबार सार्वजनिक बिदा परेकाले उनलाई बिहीबार मन्त्रालयले औपचारिक रुपमा बिदाई कार्यक्रम राखेको छ । मन्त्रालयको वेवसाइटबाट पनि उनको नाम समाचार तयार पार्दासम्म हटाइएको छैन् ।

सचिव बस्यालले एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी सहसचिवबाट २८ महिना अघि सचिवमा बढुवा भएका हुन् । सचिवमा बढुवा भएपछि उनको पदस्थापन अर्थात पहिलो नियुक्ति गण्डकी प्रदेश प्रमुख सचिवमा भएको थियो । उनले २०७६ बैशाख पाँच गतेदेखि २०७७ साउन ११ गतेसम्म १५ महिना प्रमुख सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । बस्याल चालू आर्थिक वर्षको सुरुवात अनिवार्य अवका पाउने पहिलो सचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !