spot_img
Sunday, August 1, 2021
spot_img

ट्रेन्डिङ :

‘भिजन भएको नेता’ भन्दै प्रधानमन्त्री देउवाले गरे अर्थमन्त्री शर्माको प्रशंसा

spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा रहनुभएका अर्थमन्त्री जनार्दन शर्मा भिजन भएको नेता भन्दै प्रशंसा गर्नुभएको छ ।

बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ, यसलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईँहरूले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: