७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति नै हो : ओली



काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् । अध्यक्ष ओलीले कांग्रेस प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउदै दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आजको नीति पनि त्यही रहेको बताएका हुन् । पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाएका छन् ।

२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसको नै गरेको स्मरण गराउदै ओलीले अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् । आफू प्रगतिशील भएकाले कांग्रेसले सहकार्य गर्न नचाहेको बताउदै उनले कांग्रेसले कहिले पनि प्रगतिशिलसँग मिल्ने नीति नलिएको आरोप लगाए।

 


प्रतिक्रिया दिनुहोस !