१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको बीचमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुरसार नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा अहिले साँझ ६ बजे शीतलनिवास पुगेका थिए । उनीहरु बीच झण्डै एकघण्टा छलफल भएको छ । यसअघि पनि आज बिहान राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !