Saturday, February 15, 2025

ट्रेन्डिङ :

विज्ञापन रद्द, तर आवेदकबाट संकलित करिब डेढ करोड फिर्ता भएन

spot_img
spot_img
spot_img

जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन ।

नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । पछि सो विज्ञापन रद्द गरिएको थियो ।

रद्द भएको विज्ञापनका लागि निवेदकहरूबाट करिब डेढ करोड रुपियाँ सङ्कलन भएको थियो ।

दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो गत वर्ष भदौ २९ गते दरखास्त आह्वान गरिएको थियो ।

अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो ।

दस्तुरबापत करिब एक करोड ३६ लाख रुपियाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले करारमा कर्मचारी भर्नाको लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकहरूले आवेदनबापत लागेको शुल्क फिर्ता पाउने बताए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सो आवेदन आह्वान गरिए पनि लोकसेवा आयोगको निर्देशनमा विज्ञापन रद्द गर्नुपरेको उनले बताए ।

उनले भने, ‘आवेदकहरूको रकम फिर्ताका लागि सम्बन्धित बैङ्कसँग समन्वय भइरहेको छ । कुन प्रक्रियाबाट रकम फिर्ता गर्न सकिन्छ भन्ने विषयमा टुङ्गो लागेपछि रकम फिर्ता लिन आउन सार्वजनिक सूचना जारी गरिने छ ।’

आवेदक एभरेस्ट बैङ्क लिमिटेडमार्फत आवेदन शुल्क दाखिला गरेका थिए । आवेदकहरूले सक्कल भौचर लिएर रकम फिर्ता लिन आउनुपर्ने उनले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा खबर छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?