एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी



एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। यद्यपि समितिबाट सबै पद संख्या बराबर उम्मेदवारहरु खडा गरिएको थिएन ।

दुई हजार १९ पंजीकृत सदस्यहरूरहेको स्पेनमा एक हजार ९०४ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । कुल मतदातामध्ये ९४ प्रतिशतले मतदानमा भाग लिएका छन् । यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो।

सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो।

आईसीसी सदस्यमा गिरी र तिमिल्सिना विजयी

यस्तै दुई अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि दिनेश कुमार गिरी एक हजार दुई मतका साथ विजयी बने । प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन् । उनले ९५६ मत प्राप्त गरे । अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गरेका छन्।

विजयी बनेका गिरी निर्वतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने तिमिल्सिना पूर्वउपाध्यक्ष हुन्। छैठौं अधिवेशनमा आईसीसी सदस्यमा पराजित भएका तिमिल्सिना सातौ अधिवेशनमा भने चुनाव जितेका छन्।

यस्तै खुल्ला उपाध्यक्षतर्फ सोनु रावतले एक हजार ४६ मत मत प्राप्त गर्दै विजयी बने। उपाध्यक्षमा नै कृष्णराम रानाभाट ९६६ मत ल्याउँदै निर्वाचित भए। महिला उपाध्यक्षमा सिर्जना लामिछाने एक हजार १५४ मत प्राप्त गर्दै विजयी भइन्। क्षेत्रीय कोटाको उपाध्यक्षमा रोशन पाठकले ९३९ मतका साथ विजयी बनेका छन्।

महासचिवमा विदुर गौतम एक हजार १४ मत ल्याउँदै निर्वाचित भए । सचिव (खुल्लातर्फ) अरुण घिमिरेले एक हजार १७१ मतका साथ र नारायण भट्टराई (एन.के) ८५५ मत सहित विजयी बनेका छन्।

कोषाध्यक्षमा सन्तबहादुर क्षेत्री ९३३ मत ल्याउँदै निर्वाचित भए । युवा संयोजकका मनुशजंग खड्काले ९७३ मत ल्याएर विजयी भए । म्याड्रिड क्षेत्रबाट सचिव पदका लागि सुन्दरी लामाले ९७८ मत ल्याउँदै निर्वाचित भइन्।

निर्विरोध को-को बनेका थिए ?

यसअघि सहकोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवीकुमारी भण्डारी, क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दीपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दीपेन्द्र श्रेष्ठ निर्विरोध बनेका थिए । कोष्ट़ाब्याङ्का क्षेत्रबाट भने एक जना सचिव पछि मनोनित गरिने संघको निर्वाचन नियामवलीमा उल्लेख छ।

कार्यसमिति सदस्यमा इमा सापकोटा भट्ट, कमल पराजुली, जमुना देवी शर्मा, प्रकाश पुरी र डिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा पराजित भएपछि राईले भने स्पेनबाट सवैले सिकुन्

१५५ मतान्तरले पराजित भएपछि एनआरएनए स्पेनका अध्यक्षका प्रत्यासी उत्तरकुमार राईले निर्वाचन समितिलाई धन्यवाद दिएका छन् । विभिन्न देशहरुमा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला उनले मतपरिणामबाट आँफू सन्तुष्ट रहेको बताएका छन्।

‘४६ प्रतिशत मत दिएर स्पेनवासीले मलाई गुन लगाउनु भएको छ। शालिक जीलाई अलि बढी दिनुभयो उहाँ विजयी बन्नुभयो। मैले त परिणाम आउने बित्तिकै फोनमार्फत बधाई पनि दिए,’ राईले भने। नयाँ टेक्नोलोजिको प्रयोग गर्दै अनलाइन भोटिङ्गमार्फत चुनाव हुँदा सबै मतदातालाई सहज भएकोमा उनले खुशी व्यक्त गरे।

निर्वाचनको क्रममा विभिन्न देशहरुमा झडप भइरहेकोप्रति इंकित गर्दै उनले विकसित देशमा बसेर यहाँ संस्कारलाई पनि सिक्नुपर्नेमा जोड दिए । ‘हारजित निर्वाचनको प्रक्रिया हो । अध्यक्षमा विजयी डुम्रे जीलाई पनि म पूर्णरुपमा सहयोग गर्छु । चुनाव थियो सक्कियो अब मिलेर काम गर्ने हो। स्पेनको नेपाली समुदायबाट सबैले सिक्दा हुन्छ,’ उनले थपे।

निर्वाचन समितिका संयोजक हेम शेर्पासहितको टिमले स्पेनमा पहिलोपटक अनलाइन भोटिङ्गमार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ।


प्रतिक्रिया दिनुहोस !


मोदीका दूत एस जयशंकरले धम्याएको ओलीको दाबी



आगामी विधान महाधिवेशनका लागि उनले तयार पारेको राजनीतिक प्रतिवेदनमा हाल भारतका विदेशमन्त्री रहेका जयशंकरले आफ्नो सुझावलाई मान्न दबाब दिएको जनाएका हुन् ।

‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

जारी स्थायी कमिटीको बैठकमा सदस्यहरुबीच छलफलमा रहेको प्रतिवेदनमा नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारत प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उल्लेख छ । ‘संविधान निर्माण हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गर्दै आएको भारत सरकारले संविधान निर्माण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दबाब सिर्जना गर्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एव| परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।

प्रतिक्रिया दिनुहोस !

बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।

उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला



उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी गर्वी गुरुङ जलेकी हुन्। सुतिरहेका बेला गोठमा आगलागी भएको उनको शरीरभरी घाउ नै घाउ छ तर उपचार पाएकी छैनन्।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आगलागीबाट १४ वटा बाख्रा जलेको थियो। आगलागीबाट खरले छाएको गोठ खरानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि जलेको स्थानीय गोपाल घलेले बताए।

गम्भीर घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दुर्घटनामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्यान गुमाउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: