१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देशलाई अहित गर्ने प्रावधान नहटाई एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती : भीम रावल



काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन् ।

‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’

यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !