Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु– विश्वनाथ पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ ।

बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो आफ्नो प्राथमिकतामा कोभिड–१९ र बाढीपहिरोबाट प्रभावितहरू रहेको बताउनुभयो । उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सबैबाट यही अपेक्षा छ ।’उपाध्यक्ष पौडेलले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गर्नुभयो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: