१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चार जिल्लामा महन्थ पक्षको एकसाथ विस्तारित बैठक



काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (महन्थ ठाकुर पक्ष) को आजदेखि जिल्ला तथा प्रदेशमा पार्टीको विस्तारित बैठक सुरु भएको छ । आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ । सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल  राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झाले सम्बोधन गर्ने कार्यक्रम छ ।

lयता, महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !