१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै आयोग



छ/छ महिनामा खुल्नुपर्ने शिक्षक सेवा आयोगको परीक्षा तीन वर्ष पछि नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने भएको छ ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन् । शिक्षण अध्यापन अनुमतिपत्र लिएका थुप्रै जनशक्ति विद्यालयबाहिर छन् भने अर्कोतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार प्राथमिकदेखि माध्यमिक तहसम्म १२ हजार ६१ रिक्त दरबन्दीमा नयाँ स्थायी शिक्षक नियुक्ति भएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !