१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अफगानिस्तानमा रहेका नेपालीहरुलाई अविलम्ब उद्धार गर्न सरकारलाई सभामुखले दिए निर्देशन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई अविलम्ब उद्धार गर्न सरकारलाई निर्देशन दिनु भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अफगानिस्तानका नेपालीहरुको सम्बन्धमा यथासिघ्र उद्धारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनु भएको हो । संसदमै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले आफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार तथा सुरक्षित वातावरण मिलाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए ।

एमाले सांसदहरुको भनाइपछि बोल्नु भएका सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुका लागि सुरक्षीत वातावरण मिलाउन व्यक्तिगत र प्रतिनिधिसभाको तर्फबाट उद्धारका लागि सरकारलाई निर्देशन दिनु भएको थियो । अफगानिस्तानमा विद्रोही संगठन तालिबानले त्यहाँको सत्ता कब्जा गरेको छ । त्यहाँ रहेका सयौँ नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !