१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

माधवले हिजो राजाको पाउमा दाम चढाए, आज देउवाको पाउमा : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए । सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ उनले भने ।

माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाए । सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । ‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन्’ उनले भने, ‘अरु नेताहरुले त्यस्ता काममा साथ दिनु हुँदैन ।’


प्रतिक्रिया दिनुहोस !