१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कांग्रेसको राष्ट्रिय शिक्षा नीतिको प्रस्ताव- ‘विद्यार्थी र शिक्षकलाई दलीय राजनीतिबाट अलग गरौँ’



काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय शिक्षा नीति-२०७८ ले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ।

नेपालको शिक्षा नीतिलाई आमूल परिवर्तन गर्न खाँचो रहेको औँल्याउँदै शनिबार सार्वजनिक गरिएको प्रस्तावित प्रतिवेदनले शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलीय राजनीति गर्नबाट रोक्नुपर्ने र यसका लागि कल्याणकारी परिषद् गठन गर्नुपर्ने भनेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने र यसका लागि शिक्षक परिषद्, प्राध्यापक परिषद् र विद्यार्थी कल्याणकारी परिषद्को स्थापना गर्ने ।’

यसैगरी हरेक तहमा अध्यापन गराउने शिक्षक तथा प्राध्यापकहरुको मर्यादाक्रम सोही तहको निजामती कर्मचारीको तहभन्दा माथि हुनुपर्ने पनि कांग्रेसको राष्ट्रिय शिक्षा नीति प्रतिवेदनमा भनिएको छ ।

विद्यालय शिक्षाका संरचनामा बाल कक्षादेखि ४ कक्षासम्मलाई ‘पूर्व आधारभूत,’ कक्षा ५ देखि ८ कक्षा सम्मलाई, ‘आधारभूत’, कक्षा ९ देखि १२ सम्मलाई, ‘माध्यमिक तह’को संरचना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विद्यालयको भवनको रंग, पुस्तकालय, प्रयोगशाला, खेल मैदानलगायत एकरुपता ल्याउनुपर्ने प्रतिवेदनमार्फत भनिएको छ । साथै, विद्यालयको अध्ययन र अध्यापन (शिक्षण सिकाइ) २१ औँ शताब्दीको सीप र सक्षमताका आधारमा हुनुपर्ने भनिएको छ ।

यो नीति कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएपछि लागू हुने बताइएको छ ।

प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस :

 


प्रतिक्रिया दिनुहोस !