५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आज मन्त्रालय बाँडफाँड, भोलि मन्त्रिपरिषद् विस्तार



काठमाडौं । बुधबार प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पूर्ण पाउने भएको छ । आज मंगलबार पाँच दलीय गठबन्धनबीच मन्त्रालय भागबन्डा गर्ने तयारी छ । बालुवाटार स्रोतका अनुसार माधवकुमार नेपाल समूहका कारण अपूर्ण हुँदै आएको देउवा सरकारले बुधबार पूर्ण पाउनेछ । गठबन्धनको बैठक आज मंगलबार बस्ने स्रोतको भनाइ छ।

मंगलबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुबीच बैठक हुने बताइएको छ । ५ दलीय गठबन्धनको बैठकले मन्त्रालयका विषयमा टुंगो लगाएपछि भोलि बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस !